निर्वाचन-२०७९

गठबन्धनको समर्थन भएपनि घनश्याम भुसालले हारे चुनाव

काठमाडौं । रुपन्देही– १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

विश्वकर्माले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा भूसालले २१ हजार ३०८ मत पाए । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भुसालले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *