काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। उनीहरुबीच शुक्रबार भेट भएको हो । अध्यक्ष ओलीलाई भेट्न लिङ्देन बालकोट पुगेको बताइएको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ। ०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेको थियो। उनी झापा–३ बाट निर्वाचित भएका थिए।




