समाचार

गृहमन्त्री खाँण र रामचन्द्र पौडेलबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।

नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको सङ्गठन सुदृढीकरणबारे कुराकानी भएको काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणले जानकारी दिएका छन् ।

काँग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *