समाचार

घटनास्थलबाट शव सिधै काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाउँछौं : गृह प्रवक्ता

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनास्थलबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले भने, ‘काठमाडौं ल्याएर शव आफन्तको जिम्मा लगाउँछौ ।’

आइतबार पोखराबाट जोमसोम उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भीरमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

पोखराबाट जहाज आइतबार बिहान ९:५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । आइतबार घोडेपानी क्षेत्रबाट वेपत्ता भएको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले शव संकलन भइरहेको छ ।

तारा एयरको जहाज दुर्घटनामा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको छ । जसमा दुई जर्मनी, चार भारतीय र १३ जना नेपाली नागरिकको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका सदस्य पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *