काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक साझा समझदारी आवश्यकता रहेको बताएका छन् । उनले प्रतिनिधिसभा संसदको प्रि-बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
दलहरूबीच साझा समझदारीको आवश्यकता रहेको उनको भनाई छ । ‘राजनीतिक तहमा एकता र सहमति बनाएरै स्थानीय तहको निर्वाचन पूरा भएको छ । अब फेरि त्यसै प्रकृतिको एकता, सहमति बनाउन जोड गर्नुपर्ने अवश्यकता छ,’ अध्यक्ष प्रचण्डको भनाई छ ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए । ‘नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने र कृषि उत्पादनमा जोड दिएको छ,’ उनले भने, ‘ऊर्जा र पर्यटनमार्फत अर्थतन्त्रको पुनरुत्थान गर्ने मनसाय प्रष्ट छ ।’
यद्यपि, सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव र र सुझाव समेत आएकाले त्यसलाई प्रधानमन्त्रीले समेट्नेमा उनी विश्वस्त देखिए ।




