काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका महेश खरेल निर्वाचित भएका छन् । उनी १२ हजार ८३६ मत ल्याए ।
खरेका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कञ्चन अधिकारीले आठ हजार ११५ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खरेल पाँचखालका निवर्तमान प्रमुख समेत हुन् । उनले दोस्रो कार्यकाल सम्हाल्ने भएका छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भइन् । उनले नौ हजार ५३४ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेदवार चेतप्रसाद गौतमले नौ हजार १० मत ल्याए ।




