स्थानीय तह निर्वाचन-२०७९

तनहुँको व्यास प्रमुखमा कांग्रेसका न्यौपाने निर्वाचित

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका छन् । गए राति सार्वजनिक अन्तिम मत परिणामानुसार उनले १२ हजार ७८ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २५२ मतान्तरले न्यौपाने विजयी भएका हुन् ।

उपप्रमुखमा कांग्रेसकै उम्मेदवार इन्दिरा दरै विजयी भइन् । उनले १३ हजार ४९८ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार वसुन्धरा घर्तीले १० हजार ४२ मत पाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *