काठमाडौं।तनहुँको व्यास नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।हाल १७६६७ मत गणना हुदाँ कैँची चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ७२३७ मत प्राप्त गरेका छन्। नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने ७०८६ मत सहित दोस्रो स्थानमा रहेका छन्।
स्वतन्त्र उम्मेदवार जोशी कांग्रेसका असन्तुष्ट नेता गोविन्दराज जोशीका छोरा हुन्। जोशीलाई नेकपा एमालेले समर्थन गरेको छ।न्यौपाने भने व्यास नगरपालिकाका निवर्तमान मेयर समेत हुन्। यो नगरपालिका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहपालिका पनि हो।




