समाचार

गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

पोखरा । गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *