स्थानीय तह निर्वाचन-२०७९

५२४ पालिकाको नतिजा : कांग्रेस २३६, एमाले १४७, माओवादी केन्द्र १०२ वटामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको आरोप गुनासो समेत आइरहेको छ ।

निर्वाचन आयोगको तथ्याङ्गअनुसार आज (बिहीबार) बिहान ५ः३० सम्म कुल ७५३ स्थानीय तहमध्ये ५२४ पालिकाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले २३६ स्थानीय तहको प्रमुख-अध्यक्षमा जित हासिल गरेको छ । कांग्रेसले ७८ नगरपालिकाको प्रमुख र १५८ गाउँपालिका अध्यक्ष जितेको हो ।

त्यस्तै नेकपा (एमाले) १४७ तहमा विजयी भएको छ । जसमा ४६ नगरपालिका प्रमुख र १०१ गाउँपालिका अध्यक्ष एमालेले जितेको हो । माओवादी केन्द्र १०२ पालिकामा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ । उसले एक उपमहानगरपालिकासहित १६ नगर र ८६ गाउँपालिका जितेको हो ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ४, जनता समाजवादी पार्टी (जसपा) ले ११ स्थानीय तहको पालिका प्रमुख-अध्यक्षमा जित निकालेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा जितेको आयोगले जनाएको छ । अब १९३ तहको मात्र नतिजा आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *