समाचार

लेक बेशी नगरपालिका : प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको विजय

काठमाडौं । सुर्खेतको लेक बेशी नगरपालिका प्रमुखमा नेपाली काग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुख कांग्रेसका उमेश कुमार पौडेल र उपप्रमुखमा एमालेकी विमला खड्लुक निर्वाचित भएका हुन् ।

पौडेलको कुल मत ६६३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर राना ६३७४ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित एमालेकी विमला खड्लुक ६१०९ मत ल्याउँदा नेकपा एकिकृत समाजबादीकी देउ कली थापामगरले ५४४० मत प्राप्त गरेकी छिन् ।

लेकवेशी नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले निर्वाचित भएको थियो ।
मेयरमा निर्वाचित पौडेल ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेसँगै पराजित भएका थिए । उनलाई एमालेका गगनसिंह सुनारले १३५४ मतअन्तरले पराजित गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *