सम-सामयिक

कोदालो प्रहारबाट बैतडीमा एक युवकको मृत्यु

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिका–७ मा कोदालो प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीको विषयमा विवाद हुँदा प्रहार भएको कोदालो लागेर उनको मृत्यु भएको हो ।

शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ भने कोदालो प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *