इरानमा इजरायल र अमेरिकाको हवाई आक्रमणपछि साइबर आक्रमणका छन्। बीबीसी मनिटरिङका अनुसार, कट्टरपन्थी पत्रिका ‘हमशहरी’को टेलिग्राम च्यानलले इरानमा अमेरिकी र इजरायली सैन्य हमलापछि धेरै सरकारी समाचार एजेन्सीहरू र अनलाइन प्लेटफर्महरूमा साइबर आक्रमण भएको जनाएको छ।
रिपोर्टमा भनिएको छ कि सैन्य कारबाहीमा भएको वृद्धिसँगै साइबर अपरेशनको ठूलो लहर सुरु भएको छ, जसका कारण धेरै ठूला इरानी मिडिया प्लेटफर्महरूमा अवरोध वा सञ्चालनमा समस्याहरू आइरहेका छन्।
च्यानलको प्रारम्भिक रिपोर्ट अनुसार सरकारी समाचार एजेन्सी आइआरएनए र अर्ध-सरकारी न्युज एजेन्सीका वेबसाइटहरू ह्याक भएका छन्। कतिपय समाचार अनलाइन पहुँचमा समस्या देखिएका छन्।
इरानमा व्यापक रूपमा प्रयोग हुने अनलाइन एप्लिकेसनहरूमा पनि अवरोध आएको बीबीसीले जनाएको छ। बीबीसी मनिटरिङका अनुसार धेरै वटा निजी एजेन्सीका वेबसाइटहरू कम्तीमा विदेशबाट खुल्न सकिरहेका छैनन्। यद्यपि, इरान सरकारले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।




