राजनीति

आफन्त र नातेदारलाई नियुक्त नगर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ ।
आइतबार आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोाणापत्रमा भ्यूटावर, स्वागतद्धारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता गरिएको छ ।

नेकपा एमालेले समृद्ध नेपालको राजनीतक भाष्य र कोरा विकासको मोडल बनाएको भन्दै कांग्रेसले भनेको छ, ‘समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरिएको छ ।’

यस्तो समृद्धिको आधारले देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकास भएको कांग्रेसले निष्कर्ष छ । निश्चित ठाउँमा जनसंख्याको केन्द्रिकरण गर्दै लैजाने, शहर र ग्रामिण, धनी र गरिबबीच असमानताको खाडल अझ फराकिलो बनाउने कांग्रेसले जनाएको छ ।

समुन्नत नेपाल नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने अवधारण भएको भन्दै कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, कृषि, उद्या र रोजगारी तथा स्थानीय पूर्वाधारमा अबको १० वर्षमा गर्ने कामको योजना अघि सारेको छ ।

साथै, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने बताएको छ । निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन गर्ने, महिला हिंसा, जातीय विभेदलाई प्रत्साहन नगर्ने कांग्रेसले संकल्प जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *