विश्व

अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता गर्ने

एजेन्सी । अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने भएको छ ।

बीबीसीले जनाए अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका हुन् । ८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनको युद्ध सुरु भएयता अमेरिकाले तीन सय करोड डलर बराबरको सैनिक सहायता दिइसकेको बीबीसीमा उल्लेख छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्ध एक महत्वपूर्ण विन्दुमा पुगेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *