राजनीति

नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ भेटिँदैन -मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति र प्रगतिको यात्रामा भारत दृढ साथी रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको र अनादिकालदेखि एक अर्काका सारथी रहेका बताएका हुन् ।

‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ । भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *