राजनीति

एमाले पोलिटब्यूरो बैठकमा घनश्यामले राखे कम्युनिस्ट एकताको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूबिच एकताको प्रस्ताव राखेका छन् ।

सोमबार (आज) सुरु भएको बैठकमा भुसालले तीन कारणले कम्युनिस्ट पार्टीहरूबिच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।

एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरूबिच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामपन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भुसालले प्रस्ताव गरेका छन् ।

कम्युनिस्ट पार्टीका बहुसङ्ख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भुसालले तर्क गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *