समाचार

पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं। नाबालिगलाई बलात्कार गरेको आरोपमा अभिनेता पूर्णविक्रम (पल) शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अबको एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतँमा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था अनुरुप अभिनेता शाहविरुद्ध तीनपटक म्याद थपिएको छ।

उनीविरुद्ध दुईवटा मुद्दा परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ, र इलाका प्रहरी कार्यालय, गैँडाकोटमा नाबालिग गायिकाका बुवाले जाहेरी दिएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा शाहमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *