काठमाडौँ । युक्रेनको लभिभ शहरमा पहिलो पटक रुसले मिसाइल आक्रमण गरेको छ । शुक्रबार बिहान लभिभ शहर नजिक रहेको युक्रेनी सेनाको विमान मर्मत गर्ने केन्द्रमा रुसले मिसाइल आक्रमण गरेको लभिभका मेयरले जानकारी दिएका छन् ।
आफ्नो फेसबुक पेजमा एक पोस्टमा, मेयर एन्ड्री सडोवीले रुसले मिसाइल आक्रमण गरेको क्षेत्र एयरपोर्टको नजिक भएको बताएका छन् ।
आक्रमणमा भएको हताहतीको बारेमा भने अझै स्पष्ट भएको छैन । तर मिसाइल आक्रमण हुनुअघि नै सो ठाउमा काम बन्द गरिएकोले कसैको ज्यान भने नगएको हुनसक्ने अनुमान गरिएको छ ।
मेयरले मानिसहरूलाई आक्रमण भएको स्थानको फोटोहरू सेयर नगर्न पनि आग्रह गरेका छन् ।
युक्रेनी सेनाले भने रुसले लभिभ शहरमा ६ मिसाइल प्रहार गरेक ओर २ मिसाइललाई आफुहरुले निस्क्रिय पारेको दाबि गरेको छ । रुसले यी मिसाइलहरु समुन्द्रबाट प्रहार गरेको युक्रेनी सेनाले बताएको छ ।




