राजनीति

प्रदेश सांसद् पौड्यालसहित २६ जनालाई विवेकशील साझाले केन्द्रीय सदस्यबाट हटायो

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् । लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको हो ।

हटाइनेमा प्रदेश सांसद् रमेश पौड्यालसहितका नेता छन् । उनी मिलन पाण्डे पक्षीय नेता हुन् । पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल, मुना अधिकारी, रमेश पौड्याललाई हटाउने निर्णय गरेको छ ।

यसैगरी रविन अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बञ्जरा, सरोजप्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको विवेकशील साझाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *