काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
रौतहटको गौर नगरपालिका–१ भन्सारटोलका अरविन्द्य जैसवाललाई प्रहरीले पक्राउ गरेका हो । उनी काठमाडौंको बूढानीलकण्ठ बस्थे ।
प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी चेक दिएको अभियोगमा उच्च अदालत पाटनले नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला गरेको थियो ।




