
काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीति एल्बम सार्वजनिक भएको हो ।
गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले एल्बमको विमोचन गरेका हुन् ।
।
उक्त एल्बममा पाँच गीत समावेश छन् । सबै गीतलाई भट्टराईले लेखेका हुन् भने संगीत संयोजन मनोहर सुनाम र निरज श्रेष्ठको रहेको छ । संगीतकार शक्तिबल्लभ हुन् । शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल, निशान भट्टराई आदिले गीतमा स्वर दिएका छन् ।
एल्बममा भाग्य लेख्ने मसी, एैसेलुको बोट, आज मलाई यही माटोमा, अनायासै मेरा हात र पिपलको शितल छायाँले गरि पाँच सांगीतिक कोसेली रहेको छ ।