समाचार

न्यायपरिषद् बैठक बस्दै, न्यायाधीश सरुवा गरिँदै

काठमाडौँ ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। परिषद् स्रोतका अनुसार विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरूलाई काजसरुवा गर्ने प्रयोजनका लागि परिषद्को बैठक बोलाइएको हो।

६ न्यायाधीश रहने व्यवस्था भएको विशेष अदालतमा गत साउन १ देखि अध्यक्षसहित चार न्यायाधीशको पद रिक्त छ। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने व्यवस्था छ ।

यसअघि परिषद् बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश रिक्त हुँदा अदालतको काम प्रभावित हुँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *