विश्व

अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

एजेन्सी । युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् ।

युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *