समाचार

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं।नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ । 

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *