समाचार

नेपाल र साउदीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल

काठमाडौं । नेपाल र साउदी अरबले उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल गरेका छन् । परराष्ट्रमन्त्री डा नारायण खड्का र साउदी राजदूत मुसाइद अल मारवानीबीच भएको भेटवार्तामा उक्त छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काको कार्यकक्षमा भएको भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध पक्षका साथै आपसीहित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

मार्च १५, १९७७ मा नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । साउदी नेपालको ठूलो मध्येको एक श्रमबजार समेत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *