काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुनसक्ने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोगको प्रस्ताव दर्ता हुन सक्ने बताएका हुन् ।
बस्नेतले सभामुखविरुद्घ महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको बताएका छन् ।
‘पार्टीको निर्णय नभई मैले भन्न हतार होला, त्यो विषय पनि एउटा विषय हुनसक्छ, राजनीतिक घट्नाक्रम कसरी विकास हुन्छ रु एउटा परिस्थिति त्यो हनुपनि सक्छ’, उनले भने, ‘तयारी गर्नै परेन नि । हामी सय जना स्ट्याण्डबाई छौँ। जुनबेला पनि सही गर्न तयार छौँ। संख्या पुर्याने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्यो भने त्यो हुनपनि सक्छ।’
स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने जुन घोषणा भएकोमा स्वागत गर्दै सरकारलाई धन्यवाद दिए।
‘स्थानीय तहको निर्वाचन मिति घोषणा भएको छ, म सरकारलाई धन्यवाद भन्न चाहन्छु। यसका लागि प्रमुख प्रतिपक्षी दलले आन्दोलनको कार्यक्रम नै घोषणा गर्नुपरेको थियो। व्यापक जनदवाबपछि मिति घोषणा भयो । माओवादीका कतिपय नेताहरुको भनाइ सुन्दैछु–प्रश्न उठाउने कुरा। कानुनी रुपमा चुनौती दिन अदालत गएर चुनाव सार्ने षड्यन्त्र पनि हुनसक्छ। यो पाटोमा हामी चनाखो हुनुपर्छ,’ बस्नेतले भने ।




