काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । महाधिवेसन स्थल प्रज्ञा भवन कमलादीमा स्थायी समिति बैठक सकिएको छ ।
बन्दसत्र सकिएसँगै अब १ बस्ने माओवादीको तयारी छ । उक्त बन्दसत्रभन्दा पहिले स्थायी समिति बैठक थियो । दिँउसो २ बजेसम्म निर्वाचन कार्यतालिका स्थगित गरेर पार्टीको केन्द्रीय समिति सर्वसम्मत बनाउने प्रयासमा लागेका अध्यक्ष प्रचण्डले विभिन्न प्रदेशबाट आएका समावेशी नाममा नेताहरुसँग छलफल गरेका छन् । पार्टीको नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने तयारीमा माओवादी जुटिरहेको छ ।
पहिले २९९ सदस्य केन्द्रीय समिति र निर्वाचित भएको केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ । त्यही नेतृत्वका विषयमा छलफल गर्नका लागि अहिले पार्टीको स्थायी समिति बैठक बसेको हो ।




