राजनीति

माओवादी केन्द्रकाे बन्दसत्र- प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् । सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ ।

बन्दसत्रमा कूल एक हजार ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। ती प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *