राजनीति

एमाले स्थायी कमिटी सदस्यलाई संस्कृति र परम्परा झल्किने भक्तपुरको उपहार

भक्तपुर।नेकपा एमालेका दशौँ महाधिवेशनको स्थायी कमिटीको बैठकमा सहभागी सदस्यले भक्तपुर जिल्ला कमिटीले बधाई ज्ञापन गरेको छ । भक्तपुरको गठाघरस्थित जर्मन होम हस्पिटालिटीमा २५ र २६ मंसिरमा बैठक सञ्चालन भएको थियो ।

सहभागिलाई भक्तपुरको मौलिक पहिचानबारे जानकारी दिनको लागि स्वागतद्धारमा भक्तपुरको पहिचान दिने मठमन्दिर, संस्कृति र परम्परा झल्किने गेटको निर्माण गरिएको थियो । यसैगरी दोस्रो द्वारमा मध्यपुर थिमि नगरपालिकाको पहिचान बोकेको गेट निर्माण गरिएको थियो । जसमा पालिकामा भएको सा‌ंस्कृतिक, धार्मिक तथा मौलिक पहिचान बोकेको सम्पदाको चित्रहरू राखिएको थियो ।

बैठकमा सहभागीलाई जिल्ला कमिटी र नगरपालिकाको तर्फबाट मौलिक संस्कृति झल्किने सामग्रीहरू वितरण गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठका अनुसार पालिकाको तर्फबाट योमरी र नगरपालिकाको परिचय दिने गन्तव्य मध्यपुर थिमिको ब्रोसर वितरण गरिएको थियो । यसै गरी नगर कमिटिको तर्फबाट महिलाहरुको लागि पछ्यौरा, पुरुषको लागि भादगाउँले टोपीको वितरण गरिएको थियो ।

बैठकमा सहभागी भएका स्थायी सदस्यलाई भक्तपुरको जुजु धौ (दही) वितरण गरिएको उनले जानकारी दिए ।

बैठकको दोस्रो दिन अर्थात् २६ गते सो सामग्री वितरण गरेको थियो । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बालकुमारीका एकल एकता महिला समूहका सदस्यहरूले योमरी बनाउँदै बितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *