राजनीति

मीन विश्वकर्माले गरे सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने जानकारी दिए । पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए । त्यस्तै उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि धारणा राखे ।

त्यस्तै, कार्यक्रममा कांग्रेस नेतृ लक्ष्मी परियारले नेपाली कांग्रेस पुरानो र समावेशी पार्टी भएको उल्लेख गर्दै यसपटक पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *