वाग्मती। नेपाली काङ्ग्रेसको वाग्मती प्रदेश सभापतिको दोस्रो चरणको मतदान जारी रहेको छ । शनिबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारहरू ५१ प्रतिशत मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो ।
काङ्ग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सोहीअनुसार सभापतिका उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच पुन मतदान भएको हो ।
आइतबार बिहान ११ बजे सुरु हुने भनिएको मतदान ढिलागरी सुरु भएको मतदानमा साढे तीन बजेसम्ममा १५ सयले मतदान गरेका छन् । साँझ ५ बजेसम्म तोकिएको मतदानमा दुई हजार एक सय ५१ मतदाता रहेका छन् । शनिबार भएको मतदानमा दुई हजार ८३ मत खसेको थियो ।




