राजनीति

प्रकाशमान सिंहका स्वकीय सचिव लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछाने महाधिवेशन प्रतिनिधिमा नराम्रासंग पराजित भएका छन् ।

नेविसंघका पूर्वप्रवक्ता समेत रहेका लामिछानेलाई काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले पराजित गरेको हो ।

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कार्कीले सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समूहबाट उम्मेदवारी दिँदै छन् ।

५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । क्षेत्र नं. २ मा देउवा समूहले २२ जना महाधिवेशन प्रतिनिधि जितेको छ । प्रकाशमान सिंह समूहले प्रतिमा गौतम, दीपक कुइँकलसहित जम्मा ४ जना महाधिवेशन प्रतिनिधि जितेका छन् ।

कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंहका आफ्नै (पीए) लामछिाने महाविधेशन प्रतिनिधिमा नराम्रोसँग पराजित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *