राजनीति

क्षेत्रीय सभापतिमा ढुंगाना र पाण्डेबीच प्रतिस्पर्धा

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश (क) को क्षेत्रीय सभापतिमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर ३ गते हुने क्षेत्रीय अधिवेशनमा अक्कलबहादुर ढुंगाना (श्याम) र बैकुण्ठबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

ढुंगाना २०५४ सालदेखि क्रियाशील सदस्य र बेलकोटगढी–काठमाडौं सम्पर्क समितिका सभापति हुन् । युवा व्यवसायी ढुंगाना सक्रिय कार्यकर्ता हुन् । विशेष गरी कोभिड–१९ संक्रमणका बेला उनले देखाएको सक्रियता सम्झनलायकको छ । गाउँ–गाउँमा औषधि पु¥याउनेदेखि लिएर विरामीलाई अस्पताल भर्ना गर्न उनले सक्रियता देखाएका थिए ।

कांग्रेसका पुराना नेता पाण्डे नगर र वडामा सक्रिय नेता हुन् । नुवाकोट जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा वडा सभापतिसमेत रहिसकेका पाण्डेले आफ्नो कार्यकालमा जनतालाई प्रभाव पार्ने काम खासै गर्न नसकेको बताइन्छ ।

दुवैको कांग्रेसलाई चाहिने व्यक्तित्व भएको उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् । क्षेत्रीय सभापतिमा यी दुवैले प्रतिस्पर्धा नगरेर सहमतिमा नेतृत्व चयन होस् भन्ने त्यस क्षेत्रका कांग्रेसीजनको चाहना छ । यद्यपि नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक भएको हुनाले निर्वाचनबाट नेतृत्व छनोट भए अन्यथा नहुने धेरैको बुझाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *