समाचार

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेताद्वयबीच माओवादी संसदीय दलको कार्यादल सिंहदरबारमा सोमबार भेट भएको छ। भेटमा राजदूत नियुक्त, प्रदेश सरकार फेरवदलबारे छलफल भएको छ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी ओली सरकारले नियुक्त गरेका १२ देशका राजदूत सरकारले फिर्ता बोलाएको थियो। रिक्त देशमा राजदूत नियुक्ति गर्ने तयारीमा सरकार छ। यसअघि मन्त्रिपरिषदले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *