काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका पुनः संशोधन भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गते काठमाडौंमा गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । हिजो केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेका लागि प्रस्ताव गरिएको थियो ।
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले आज कार्यतालिका पुनः संशोधन गरेको हो । केन्द्रीय महाधिवेशनबाहेक अन्य कार्यतालिका यथावत रहने निर्वाचन समितिले जनाएको छ ।
हिजो बुधबार निर्वाचन समितिले प्रस्ताव गरेको कार्यतालिकाअनुसार अधिवेशन हुन नसकेका १३ जिल्लामा कार्तिक २७ गते वडा र ३० गते पालिका अधिवेशन हुने छ । यस्तै मंसिर ३ गते प्रदेशसभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सातवटै प्रदेश अधिवेशन हुनेछ ।





