समाचार

इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन

सिन्धुपाल्चोक । इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ ।

लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित लामाको उपचारको क्रममा ५१ बर्ष को उमेरमा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् ।लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *