राजनीति

नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरण

काठमाडौं । नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच एकीकरकण भएको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष जीवन राईले एक वक्तव्य जारी गर्दै पार्टी एक भएको घोषणा गरेका हुन् ।

एकीकरण पछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) नै रहनेछ । पार्टीको चुनाव चिह्न भने कलम रहने भएको छ । उक्त चिह्न यसअघि नेकपा एकीकृतको थियो । पार्टीको नाम पनि सोही राख्ने चर्चासमेत भएको थियो । तर, पार्टीको नाम भने परिवर्तन नहुने भएको हो ।

नेकपा एकीकृत पार्टीका अध्यक्ष राई तत्कालीन नेकपा एमालेमा नेपाल समूहमा थिए । एमाले विवादमा रहेका बेला उनले छुट्टै पार्टी गठन गरेका थिए । अहिले उनलाई एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाएर पार्टी एकता गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *