समाचार

प्रधानन्यायाधीशले दुई मन्त्री मागेकाेबारे संसदमा उठ्यो कुरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले मन्त्रिपरिषद्मा दुईजना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन भनेर उनले प्रश्न पनि गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *