राजनीति

उपाध्यक्षको संख्या बढाउँदै समावेशी बनाउन सुझाव

काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा उपाध्यक्षको संख्यासंगै बढाउँदै थप समावेशी बनाउँन सुझाव आएको छ ।

ललितपुरको गोदावरीमा जारी विधानम महाधिवेशनको दोस्रो दिन सहभागिले उपाध्यक्षको संख्या बढाउँन सुझाव दिएका छन् । विभिन्न १० समूहमा भएको समूहगत छलफलमा सहभागिहरुले उपाध्यक्षको संख्या सात बनाउन सुझाव दिएका हुन् । यस्तै उनीहरुले पदाधिकारी समावेशी बनाउन सुझाव दिएका छन् । महिला, दलित, जनजाति, मधेसी भूगोलका आधारमा उपाध्यक्ष हुनुपर्ने प्रतिनिधिले सुझाव दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा समूहगत छलफल जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *