समाचार

लमजुङमा शनिबार विद्युत आपूर्ति बन्द हुने

लमजुङ । लमजुङमा शनिबार विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र अन्तगर्त डुम्रे-उदीपुर ३३ केभी लाइन पेट्रोलिङको काम भएकाले शनिबार एक दिन विद्युत सेवा बन्द गरिने भएको हो ।

उदीपुर सवस्टेसनका ३३ केभी तथा ११ केभी फिडरहरुबाट प्रसारण हुने विद्युत लाइन शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख यमकुमारी गुरुङले बताइन् ।

केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइन आसपासका हाँगाविँगाहरु फडानी गर्ने र विद्युत लाइन पेट्रोलिङ गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द हुने भएको हो । उक्त दिन विद्युत सेवा बन्द हुने हुँदा यसबाट उपभोक्ता वर्गमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *