राजनीति

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । नेकपा (माओवादी)केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबारबाट सुरु भएको सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका हुन् । अब शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ ।

क्रान्तिकारीको अध्यक्षमा तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमले आकांक्षा देखाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *