राजनीति

मन्त्रीबारे माओवादी बैठकमा छलफल भएन : देव गुरुङ

काठमाडौं ।मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ । कानुनी जटिलता हटेपछि मन्त्रिपरिषद् विस्तार हुने सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक जीवनबारे मात्रै छलफल भएको छ । कानुनी जटिलताले गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिला भएको उनले बताए ।

उनले भने, ‘कानुनी जटिलता अन्त्य हुने प्रक्रियामा छ । त्यसको अन्त्य भइसकेपछि दलहरूबीच बसेर मन्त्रिपरिषद् विस्तारबारे नीतिगत निर्णय भएपछि पार्टीहरूले आ–आफ्ना प्रतिनिधि पठाउने कुरा हुन्छ । पाँच दलको बीचमा छलफल भएर टुंगोमा पुगिनसकेकाले स्थायी कमिटीमा एजेन्डाको रूपमा प्रवेश पाएन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *