राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेता लिलामणि पोखरेलले जानकारी दिए।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण एक दिन पछि सारिएको हो । बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्ने तयारी छ ।

पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ । सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *