काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज (मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठक भोलि (बुधबार) बिहान ११ बजे बस्नेछ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थतका कारण बैठक सारिएको उनले बताए ।
आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मिति टुङ्ग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने एजेन्डा थियो ।




