समाचार

मंगलबार २१ हिमाली जिल्लामा कांग्रेसको प्रदेशसभा क्षेत्रको अधिवेशन हुने

काठमाडौं । नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा पूर्वतालिकाअनुसारका अधिवेशन शुरु गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले पूर्वतालिकाअनुसार २१ हिमाली जिल्लामा अधिवेशन गर्न नसक्ने भए त्यसको जानकारी गराउन भनेको छ ।

कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने र पहाडी तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने सहमति गरेको थियो । त्यसैअनुसार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सूचना प्रकाशन गरेर तोकिएको मितिमा अधिवेशन गर्न भनेको छ ।

हिमाली जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ भने असोज १५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र असोज १८ मा जिल्ला अधिवेशन हुनेछ । कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन सकेको छ भने ६० जिल्लामा गाउँ नगर अधिवेशन पनि भइसकेको छ ।

अहिले पनि ८ वटा जिल्लाको क्रियाशील सदस्यता विवरण भने सार्वजनिक गर्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *