अछाम । नेपाली कांग्रेसले अछामका १० वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व छानेको हो ।
अछाममा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । कमलबजारमा पदमबहादुर भण्डारी, मंगलसेनमा झपटबहादुर रावल, साँफेबगरमा लालबहादुर कुँवर र पञ्चदेवल विनायकमा सर्जनबहादुर शाही नगर सभापति चयन भएका छन् ।
यसैगरी, बान्नीगढी जयगढमा कर्णबहादुर ठकुल्ला, मेल्लेखमा खकेन्द्रबहादुर साउँद, रामारोशनमा मानबहादुर साउँद, ढकारीमा धनबहादुर बुढा, चौरपाटीमा धर्मबहादुर साउँद र तुर्माखाँदमा कविराम बयक गाउँपालिका सभापति बनेका हुन् ।




