समाचार

१० बुँदे सहमति कार्यन्वयनमा जटिलता देखियो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यन्वयनमा केही जटिलता देखिएको बताएका छन् ।

आज (शुक्रबार)देखि सुरु भएको कन्ेद्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै १० बुँदे कार्यन्वयनका केही ठाउँमा सहज देखिएपनि केही ठाउँमा भने जटिलता देखिएको बताएका हुन् ।

उनले १० बुँदे सहमति कार्यान्वयन हुनेमा आफूहरु आशावादी रहेको पनि बताए । उनले भने, ‘१० सदस्यीय कार्यदलले गरेको १० बुँदे सहमति तलसम्म नै कार्यान्वयन भएर जान्छ भन्नेमा हामी ढुक्क छौं, कतिपय स्थानमा सहज रुपमा कार्यान्वयन भएपनि केही ठाउँमा जटिलता देखिएको छ ।’

विधान महाधिवेशन नजिक आइरहेका बेला त्यहाँ सहभागी हुने प्रतिनिधिको विषयमा पनि छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *