समाचार

वार्ता र संवादबाट संसदको समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अबरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रमख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अबरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका हुन् ।

‘माननीय सदस्यहरु यहाँहरुले आफ्नो कुरा राखिराख्नु भएको छ। राष्ट्रले र सबैले यो सुनेको पनि छ ।’ बैठकको सुरुमा एमाले सांसद कोमल वलीले संसद चल्न नसक्ने बताएपछि उनले भने,‘वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसदलाई नियमित चल्न दिनु नै उपर्युक्त हुन्छ।’

राष्ट्रिय सभाको आजको बैठकले एमालेको अबरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *