राजनीति

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने र त्यसले मन्त्रालयको भागवण्डाबारे निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले सोमबार छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने घोषणा गरेका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रबाट ५ जना सरकारमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *